बाजुरामा प्रतिनिधिसभा र प्रदेशसभामै कांग्रेस अगाडि

धनगढी- बाजुराको पछिल्लो मतपरिणाम अनुसार प्रतिनिधि सभामा नेपाली कांग्रेसका कविराज पण्डित ८ हजार ७ सय ४१ मतले अग्रस्थानमा छन् भने बामगठबन्धनका लालबहादुर थापाले ८ हजार ५ सय ६९ मत ल्याएका छन्।

भर्खरै प्राप्त परिणामअनुसार प्रदेशसभा (क) मा कांग्रेसका जनकराज गिरीले ६ हजार ३ सय ७८ मत ल्याएका छन् भने बामगठबन्धनका बलदेव रेग्मीले ७ हजार ४ सय ४२ मत ल्याएका छन्। प्रदेश सभा (ख) मा कांग्रेसका पदम शाहीले ६ हजार ५ सय ८४ मत ल्याएका छन्। त्यस्तै बाम गठबन्धनका प्रकाश शाहले ९ हजार १ सय १९ मत ल्याएका छन्।

मंसिर २२, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्