काठमाडौँको राष्ट्रिय सभागृहमा मतगणना सुरु गर्दै निर्वाचन आयोगका कर्मचारीहरु। तस्बिर: दीपा दाहाल

काठमाडौं– काठमाडौँको मतगणना शुक्रबार पौने एघार बजे सुरु भएको छ। अहिले राष्ट्रिय सभागृहमा काठमाडौँ क्षेत्र नम्बर एक  र  क्षेत्र नम्बर चारको  मतगणना सुरु भएको छ।

काठमाडौं क्षेत्र नम्बर एकबाट कांग्रेसका तर्फबाट प्रतितिनिधि सभा सदस्‍यमा प्रकाशमान सिंहको उम्‍मेदवारी छ भने उनका प्रतिद्वन्दी  विवेकशील साझा पार्टीका संयोजक रविन्द्र मिश्रको उम्‍मेदवारी छ। यस्तै काठमाडौं क्षेत्र नम्‍बर ४ बाट प्रतिनिधि सभा सदस्‍य उम्‍मेदवारमा कांग्रेसका युवा नेता गगन थापा छन् भने  उनका प्रतिद्वन्द्वी बाम गठबन्धनका उम्‍मेदवार राजन भट्टराई रहेका छन्।

 

मंसिर २२, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्