दाङमा हाइप्रोफाइल नेताको निर्वाचन क्षेत्रबाट मतगणना सुरु

दाङमा मतगणना गर्दै निर्वाचन आयोगका कर्मचारीहरु।

दाङ– दाङ जिल्लामा हाइप्रोफाइलका नेताहरुको निर्वाचन क्षेत्र नं. २ बाट मतगणना सुरु भएको छ।

निर्वाचन क्षेत्र नं. २ बाट बाम गठबन्धनका उम्मेदवार तथा उपप्रधानमन्त्री कृष्णबहादुर महरा र निवर्तमान सांसद राजु खनालबीच  प्रतिस्पर्धा छ । निर्वाचन क्षेत्र नं. २ को प्रदेशसभा १ मा नेकपा एमालेका स्थायी कमिटी सदस्य एवं पूर्वमन्त्री शंकर पोखरेल र नेपाली काँग्रेसका कमलकिशोर घिमिरेबीचको प्रतिस्पर्धा छ।

यस्तै निर्वाचन क्षेत्र नं. २ को प्रदेशसभा २ मा बाम गठबन्धनका उम्मेदवार अम्मरबहादुर डाँगी र नेपाली कांग्रेसका भरत न्यौपाने चुनावी प्रतिस्पर्धामा छन्। अन्य निर्वाचन क्षेत्रमा पनि मतगणता सुरु हुने तयारीमा छ।

घोराहीको भरतपुरस्थित पद्योदय विद्यालयका तीन स्थानमा मतगणना चलिरहेको छ। मतगणनाको सिसिटिभी क्यामराबाट निरीक्षण गर्ने व्यवस्था मिलाइएको मुख्य निर्वाचन अधिकृत हेमन्त रावलले जानकारी दिए। निर्वाचनप्रति साँचो राख्नेहरुको विद्यालय आसपासमा मान्छेहरुको भिड लागेको छ।

मंसिर २२, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्