झापाको गणना केहीबेरमै सुरु हुने

मतगणनाका लागि सहमति जुटाउन डाकिएको सर्वदलीय बैठक।

विर्तामोड- झापाको मतगणना अहिले १२:३० बजेदेखि सुरु हुने भएको छ। मुख्य निर्वाचन अधिकृत खिलनाथ रेग्मीले दिएको जानकारीअनुसार सर्वदलीय बैठकले उक्त समयबाट मतगणना सुरु हुने निर्णय गरेको हो।

सर्वदलीय बैठकले मतगणना सम्बन्धी अन्य निर्णयहरु समेत गरेको उनले जानकारी दिए। राति २ बजेसम्म मतपेटिका बुझ्न लागेका कारण मतगणना सुरु गर्न ढिलो भएको रेग्मीले बताए ।

 

मंसिर २२, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्