दोलखामा ५.२ म्‍याग्‍निच्‍यूडको धक्‍का

काठमाडौँ-दोलखाको जिरी केन्द्रविन्दु भई ‘गोरखा भूकम्प’को परकम्प गएको छ ।

शुक्रबार बिहान ८ बजेर ३६ मिनेट जाँदा ५.२ रिक्टर स्केलको परकम्प गएको खानी तथा भूगर्भ विभाग, राष्ट्रिय भूकम्प मापन केन्द्रका भूकम्पविद् चिन्तन तिमल्सिनाले जानकारी दिए।

दोलखा सदरमुकाम चरिकोटनजिक केन्द्रविन्दु रहेकाले उक्त क्षेत्रमा ठूलो धक्का महसुस भएको जनाइएको छ ।

वैशाख १२ को गोरखा भूकम्पपछि हालसम्म चार रिक्टर स्केलभन्दा माथिका ४८७ परकम्प गएको केन्द्रले जनाएको छ ।

मंसिर २२, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्