आयो काठमाडौँ एकको मत परिणाम

केही बेरअघि मतगणना सुरु भएको काठमाडौँ क्षेत्र नम्बर एकमा कांग्रेसका प्रकाशमान सिंहले ९३६ मतका साथ अग्रता लिइरहेका छन्। उनका निकटतम प्रतिद्वन्द्वी विवेकशील साझाका रवीन्द्र मिश्रले ६७० मत ल्याएका छन्। सोही क्षेत्रमा बाम गठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रका अनिल शर्माले २३५ मत ल्याएका छन्।

वैकल्पिक शक्तिका रुपमा अगाडि आएको विवेकशील साझाका संयोजक मिश्र र कांग्रेस उपसभापति सिंहको उम्मेदवारीका कारण यो क्षेत्र चर्चामा छ।

मंसिर २२, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्