प्रारम्भिक गणनामा पूर्वडीआइजी सिलवाल अगाडि

‍ललितपुर- ललितपुर प्रतिनिधिसभा क्षेत्र नम्बर एकको प्रारम्भिक मतगणनामा बामगठबन्धनका साझा उम्मेदवार नवराज सिलवाल अगाडि देखिएका छन्। एमाले उम्मेदवार सिलवालले ४ सय ७७ मत ल्याएका छन्।

उक्त क्षेत्रमा नेपाली कांग्रेसका उम्मेदवार उदयशमशेर राणाले चार सय १४ मत ल्याएका छन्। यस क्षेत्रबाट गत आम निर्वाचनमा उदयले जितेका थिए। नेपाल प्रहरीमा आईजी बन्न नसकेपछि डीआईजीबाटै राजिनामा दिएका सिलवाल लगत्तै एमाले प्रवेश गरेका थिए।

मंसिर २२, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्