नवलपरासी (बर्दघाट पूर्व) मा मतगणना हुँदै
प्रदेश नं. ४ को नयाँ जिल्ला नवलपरासी (बर्दघाट पूर्व)को मतगणना तीन बजेबाट मात्र सुरू हुने भएको छ ।
मतगणनाका लागि अहिले सर्वदलीय बैठक बसिरहेको स्रोतले जनाएको छ । प्रतिनिधिसभातर्फ दुइवटा निर्वाचन क्षेत्र रहेको यो जिल्लामा क्षेत्र नं. १ मा नेपाली काँग्रेसका उम्मेदवार शशांक कोइरालाको मतगणना रोचक हुने अनुमान गरिएको छ।