म्याग्दीमा वाम गठबन्धन विजयी
म्याग्दीको प्रतिनिधिसभा र प्रदेशसभा दुवैतर्फ बाम गठबन्धनले विजय प्राप्त गरेको छ। प्रतिनिधिसभामा वामगठबन्धनका भुपेन्द्रबहादुर थापाले २३ हजार ३ सय ८ मत प्राप्त गरेर विजयी भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका खमबहादुर गर्बुजाले २० हजार ९ सय ८० मत प्राप्त गरेका छन्।
प्रदेश सभातर्फ क्षेत्र नं. १ (क)मा वामगठबन्धनबाट माओवादीका विनोद केसीले १४ हजार ७ सय ४ मत प्राप्त गरेर विजयी भएका छन्। उनका निकटतम प्रतिद्वन्द्वी राष्ट्रिय प्रजातन्त्र पार्टीका भिमप्रसाद गौचनले १२ हजार १ सय ७५ मत प्राप्त गरेका छन्।
प्रदेश सभातर्फ क्षेत्र नं.१ (ख)मा वामगठबन्धनबाटै एमालेकी नरदेवी पुनमगरले १० हजार ८ सय ६८ मत ल्याएर विजयी बनाएकी छिन्। उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका अमलाल फगामी पुनले ७ हजार ९ सय ९० मत प्राप्त गरेका छन्।