काठमाडौँ ५ मा पोखरेल अगाडि

काठमाडौँ- काठमाडौँ निर्वाचन क्षेत्र नं‍. ५ को प्रारम्भिक मतगणनामा वाम गठबन्धनका प्रतिनिधिसभाका उम्मेदवार ईश्वर पोखरेलले अग्रता लिएका छन्।
प्रारम्भिक नतिजाअनुसार पोखरेलको ६८० र नेपाली कांग्रेसका उम्मेदवार डा. प्रकाशशरण महतको २ सय ९८ मत छ। निर्वाचन क्षेत्र नं ५ र ७ को मतगणना सहकारी विकास विभागको तालिम केन्द्र बानेश्वरमा जारी छ।
मंसिर २२, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्