
फाइल फोटो
काठमाडौं- आईसिसी वर्ल्ड क्रिकेट लिग च्याम्पियनसिपअन्तर्गत सातौं चरणको दोस्रो खेलमा युएईले नेपाललाई जितका लागि एक सय ९६ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
युएईले पहिला ब्याटिंग गर्दै ४९.२ ओभरमा सबै विकेट गुमाएर एक सय ९५ रन जोड्यो । युएईका अदनान मुफ्टीले सातौं नम्बरमा आएर सतक बनाएपछि नेपालले मध्यम चुनौती पाएको हो ।
बलिंगतर्फ नेपालका सोमपाल कामीले पाँच तथा सागर पुन, सन्दिप लामिछाने र पारस खड्काले एक एक विकेट हात पारे ।
यसअघि यी दुई टोलीबीच बुधबार भएको पहिलो खेलमा युएई विजयी भएको थियो । पहिलो खेलमा नेपालले पहिला ब्याटिंग गर्दै दुई सय २१ रन जोडेको थियो ।