झापामा राम कार्की अगाडि, कृष्ण सिटौला पछाडि
झापा- प्रतिनिधिसभा तथा प्रदेश सभाको मतगणना झापामा पनि सुरु भएको छ। मत गणनाको प्रारम्भिक नतिजामा बाम गठबन्धनका उमेद्वार अगाडि देखिएका छन्।
झापा क्षेत्र नम्बर एकमा माओवादी केन्द्रका राम कार्की ५ सय ५० मतसहित अगाडि छन्। दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसका विश्वप्रकाश शर्माले ४ सय २७ मत ल्याएका छन्। यसैगरी क्षेत्र नम्बर तीनमा राष्टिय प्रजातन्त्र पार्टीका राजेन्द्र लिङदेन ६ सय ५७ मतसहित शीर्षस्थानमा छन्। उनले पछ्याइरहेका नेपाली कांग्रेसका कृष्ण सिटौलाले तीन सय २३ मत ल्याएका छन्।