मोरङमा मिनेन्द्र अगाडि, लालबाबुले शेखरलाई उछिने

मोरङमा मतगणनाको ताजा परिणाम प्राप्त हुन थालेको छ। पछिल्लो मत परिणामअनुसार मोरङ  क्षेत्र नम्बर २ मा कांग्रेसका मीनेन्द्र रिजाल २ हजार ३ सय ३ मत प्राप्त गरेर अग्रता लिएका छन् भने बामगठबन्धनका ऋषिकेश पोखरेलले १ हजार ९ सय ५५ मत ल्याएका छन्।

त्यस्तै क्षेत्र नम्बर ३ मा कांग्रेसका सुनील शर्माले २ हजार ४ सय मत प्राप्त गरेका छन् भने बामगठबन्धनका भानुभक्त ढकालले २ हजार ७ सय ३३ मत ल्याएर अग्रता लिइरहेका छन्। त्यस्तै क्षेत्र नम्बर ६ मा कांग्रेसका डा. शेखर कोइरालाले २ हजार २ सय ८६ मत प्राप्त गरेका छन् भने बाम गठबन्धनका लालबाबु पण्डितले २ हजार ६ सय २४ मतसहित अग्रता प्राप्त गरेका छन्।

त्यस्तै क्षेत्र नम्बर १ मा कांग्रेसका डीकबहादुर लिम्बुले ३ हजार ७७ मत प्राप्त गरेका छन् भने बामगठबन्धनका घनश्याम खतिवडाले ३ हजार २ सय ८४ मत प्राप्त गरेका छन्।

मंसिर २२, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्