बिष्णु पौडेल अगाडि
भैरहवा- रूपन्देही प्रतिनिधिसभाको निर्वाचन क्षेत्र २ मा नेकपा एमालेका उप-महासचिव विष्णु पौडेलले शुरूवाती मतगणनामा अग्रता लिएका छन्।
उनी आफ्ना निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका युवराज गिरीभन्दा एक हजार १२ मतले अगाडि छन् । पौडेलले अहिलेसम्मको गणनामा एक हजार सात सय ३६ मत प्राप्त गरेका छन् भने गिरीले सात सय २४ मत प्राप्त गरेका छन् ।