काठमाडौं ५ मा मतगणना स्थगित

काठमाडौं- काठमाडौं क्षेत्र नम्बर ५ मा मतगणना स्थगित गरिएको छ। मतगणना गर्दा मुचुल्का उठाएको भन्दा १२ मत बढी भएपछि तत्कालका लागि मतगणना स्थगित गरिएको हो।
मतगणना स्थगितअघि कांग्रेसका प्रकाश शरण महतले २ सय ९८ मत ल्याएका छन् भने बाम गठबन्धनका इश्वर पोखरेलले ६ सय ८० मत ल्याएका छन्। यस्तै विवेकशील साझाका उज्जवल थापाले ८५ मत ल्याएका छन्।