दमन-महेशको क्षेत्रमा किन भएन गणना?

भक्तपुर बालकोटस्थित मतदान केन्द्रमा बिहीबार भएको झडपको विषयलाई लिएर भक्तपुर क्षेत्र नं. २ मा अहिलेसम्म मतगणना हुन सकेको छैन । यस क्षेत्रबाट नेपाली कांग्रेसका तर्फबाट दमननाथ ढुंगाना र एमालेका तर्फबाट महेश बस्नेत उम्मेदवार छन्।

वामगठबन्धनले आफूमाथि आक्रमण गरेको र सुरक्षा व्यवस्था कायम गर्न नसकेको आरोप लगाउँदै नेपाली काँग्रेसले स्थानीय प्रहरी प्रमुखलाई कारवाही नगर्दासम्म मतगणनामा सहभागी नहुने अडान राखेकाले मतगणना हुन नसकेको स्रोतले जनाएको छ । स्रोतका अनुसार अहिले कृषि तालिम केन्द्र बोंडेमा रहेको मतगणनास्थलमा तनाव सिर्जना भएको छ ।

मंसिर २२, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्