प्रधानमन्त्री पत्नी पछि परिन्

कैलाली- कैलाली क्षेत्र नम्बर पाँचबाट प्रतिनिधिसभा सदस्यका लागि लडेकी प्रधानमन्त्री पत्नी आरजू राणा देउवालाई जेलभित्रबाटै चुनाव लडेका लक्ष्मण थारुले समेत उछिनेका छन्।

आरजूलाई लक्ष्मणले ४९ मतले उछिनेका छन्। आरजूले ३ सय ११ मत ल्याएकी छन् भने लक्ष्मणको ३ सय ६० मत प्राप्त गरेका छन्।

अग्रस्थानमा भने बाम गठबन्धनका नारदमुनि राना छन्। पछिल्लो मतगणनामा रानाले ६ सय २४ मत पाएका छन् । दुई वर्षअघि टिकापुर हत्याकाण्डका आरोपी लक्ष्मण पुर्पक्षका लागि थुनामा छन्।

थुनाबाटै चुनाव लडेका लक्ष्मणले शक्तिशाली ठानिएकी आरजुलाई पछाडि पार्नुले कैलालीको पाँच नम्बर क्षेत्रको मतगणना रोचक बनेको छ ।

आफू घरदैलोमा पुग्न नपाएपनि लक्ष्मणका सहयोगीहरुले उनका लागि प्रचारप्रसार गरेका थिए। उनले जेलभित्रैबाट सञ्चार माध्यममा आफ्ना अभिव्यक्ति दिएका थिए।

अहिलेसम्मको गणनाअनुसार १ हजार ४ सय २ मत खसेकोमा १३ सय २२ मत सदर छ।

मंसिर २२, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्