बाँके २ मा फोरमको अग्रता

नेपालगन्ज- बाँकेको प्रारम्भिक मत परिणामअनुसार बाँकेको निर्बाचन क्षेत्र नं. २ मा संघीय समाजवादी फोरमका मोहम्मद ईस्तियाक राई १०१२ मत सहित अग्र स्थानमा देखिएका छन । त्यस्तै ७९४ मत सहित लोकतान्त्रिक गठबन्धनका ओमप्रकाश आजाद दोश्रो र ५७० मत सहित बाम गठबन्धनका पशुपति दयाल मिश्रा तेश्रो स्थानमा छन्।

त्यस्तै बाँके क्षेत्र नं. १ प्रतिनिधीसभा सदस्य तर्फ माओवादी केन्द्रका महेश्वर गहतराज १००२ मत सहित अग्रस्थानमा देखिएका छन् भने नेपाली कांग्रेसका माधबराम खत्री ४८२ मत सहित दोश्रो स्थानमा र संघीय समाजवादी फोरमका लालबहादुर शाह ४४२ मत सहित तेश्रो स्थानमा छन् । अन्य निर्वाचन क्षेत्रको मतपरिणाम भने सार्वजनिक गरिएको छैन ।

 

मंसिर २२, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्