कास्कीमा बाम गठबन्धनको अग्रता कायमै

पोखरा- कास्कीको पछिल्लो नतिजाअनुसार तीनवटै क्षेत्रमा बाम गठबन्धनको अग्रता कायमै छ। क्षेत्र नं. १ मा १ मा प्रतिनिधि सभामा बाम गठबन्धनका खगराज अधिकारीले १४३४ मत प्राप्त गरेका छन् भने कांग्रेसका यज्ञबहादुर थापाले ७१७ प्राप्त गरेका छन्।

प्रदेश तर्फ (क) मा बाम गठबन्धनका दिपक कोइरालाको ९१३ र काँग्रेसका जीवन परियारको ८६९ मत छ। (ख) तर्फ बामका मनबहादुर गुरुङ ९६९ र काँग्रेसका कृष्ण केसी ७८४ मत प्राप्त गरेका छन्।

क्षेत्र नं २ प्रतिनिधिसभामा वामका रविन्द्र अधिकारी ६७५९ मत सहित अग्रस्थानमा छन् भने नेपाली काग्रेसका देवराज चालिसेलाई ४७०५ मत प्राप्त गरेका छन्।

प्रदेश तर्फ (क) मा बामका कृष्ण थापाले १३२१ र कांग्रेसका गुरु बरालले ७१९ मत प्राप्त गरेका छन्। (ख) तर्फ बामका राजकाजी गुरुङले ११७७ र कांग्रेसको विन्दु थापाले ८७४ मत प्राप्त गरेका छन्।

त्यसै गरी क्षेत्र नं. ३ को प्रतिनिधि सभामा बामका उम्मेदवार जगत विश्वकर्मा १२१२ मतसहित अग्रस्थानमा छन् भने कांग्रेसका शुक्रराज शर्माको ९२६ मत प्राप्त गरेका छन्।

प्रदेश सभा तर्फ (क) मा रामजीप्रसाद बरालको ५८८ र कांग्रेसका शारदा पौडेलको ५४९ रहेको छ भने (ख) मा बामका राजीब पहारीले ७२८ मतसहित अग्रता लिएका छन्। कांग्रेसका भोजबहादुर गुरुङको ४६५ मत छ।

मंसिर २२, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्