चितवनमा प्रचण्ड, मकवानपुरमा कमल थापा अगाडि

चितवन क्षेत्र नम्बर ३ मा २ हजार मत गन्दा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ५२ मतले अग्रता हासिल गरेका छन्। उनले राष्ट्रिय प्रजातन्त्र पार्टीका बिक्रम पाण्डेलाई पछाडि पारिदिएका छन्।

त्यस्तै, मकवानपुर क्षेत्र नम्बर १ मा राष्ट्रिय प्रजातन्त्र पार्टीका कमल थापाले २ हजार मत गणना हुँदा १०२ मतले अग्रता लिएका छन्। उनलाई एमालेका कृष्णबहादुर दाहालले पछ्याइरहेका छन्।

मंसिर २२, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्