मोरङमा शेखर, मिनेन्द्र, महेश पछाडि
विराटनगर- मोरङका छ स्थानमै बाम गठबन्धनका उम्मेदवारले कांग्रेसका उम्मेदवारलाई पछाडि पारिदिएका छन्।
मोरङ क्षेत्र नम्बर १ मा एमालेका घनश्याम खतिवडाले ९७८६ मत प्राप्त गरेका छन् भने कांग्रेसका डीकबहादुर लिम्बुले ८ हजार ८ सय ३१ मत प्राप्त गरेका छन्।
त्यस्तै, मोरङ क्षेत्र नम्बर २ मा एमालेका ऋषिकेश पोखरेलले ७१४६ मत प्राप्त गरेका छन् भने कांग्रेसका मीनेन्द्र रिजालले ६७०७ मत प्राप्त गरेका छन्।
क्षेत्र नम्बर तीनमा कांग्रेसका सुनील शर्माले १२५७८ मत ल्याउँदा उनलाई एमालेका भानुभक्त ढकालले १३३४१ मतसहित पछाडि पारिदिएका छन्।
त्यस्तै, मोरङ क्षेत्र नम्बर ४ मा माओवादी केन्द्रका अमनलाल मोदीले ७०८४ मत ल्याउँदा कांग्रेसका महेश आचार्यले ५०४२ मत प्राप्त गरेका छन्।
मोरङ क्षेत्र नम्बर ५ मा पनि कांग्रेसका अमृत अर्यालले ३२१८ मत ल्याउँदा माओवादी केन्द्रका शिबकुमार मण्डलले ३४८९ मतसाथ उनलाई पछि पारिदिएका छन्। यहाँ संघीय समाजवादी फोरमका राजकुमार यादवले २९१७ मत हासिल गरेका छन्।
मोरङ क्षेत्र नम्बर ६ मा कांग्रेसका डा. शेखर कोइरालाले ११०१६ मत ल्याउँदा एमालेक लालबाबु पण्डित१३०७९ मतसाथ अगाडि छन्।