काठमाडौँमा विवेकशीलका दसै उम्मेदवारले कति मत ल्याए?

विवेकशील साझाका संयोजक रवीन्द्र मिश्र।

काठमाडौं- यो निर्वाचनमा राष्ट्रिय दलका रुपमा स्थापित हुने लक्ष्य राखेको विवेकशील साझा पार्टीले प्रत्यक्षतर्फको निर्वाचनमा काठमाडौंमा अपेक्षित ल्याएको छ। सामाजिक सञ्जालबाट जन्मिएको भनी खिसी गर्दै आएका अन्य ठूला दलहरुले विवेकशील साझाको प्रारम्भिक उपलब्धिप्रति आश्चार्य व्यक्त गरेका छन्। उक्त पार्टीले यस पटक कम्तीमा तीन प्रतिशत मत हासिल गरी राष्ट्रिय हैसियत हासिल गर्ने र अर्को चुनावमा वैकल्पिक शक्तिका रुपमा स्थापित हुने दाबी गरेको छ।

अझ क्षेत्र नम्बर एकमा पार्टीका संयोजक रविन्द्र मिश्रले नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहलाई आच्छुआच्छु पारेका छन्। निर्वाचन आयोगको पछिल्लो तथ्याङ्कअनुसार उनले राति १० बजेको मतगणनासम्म ४ हजार ८ सय १२ मत ल्याउन सफल भएका छन्। यस्तै क्षेत्र नम्बर २ मा सूर्यराज आचार्यले १ हजार ९ सय मत ल्याउँदा क्षेत्र नम्बर ३ मा सुमित्रा सिंहले ८ सय ९३ मत ल्याएकी छन्।

यो उपलब्धीले समानुपातिकतर्फको मतगणना हुँदा विवेकशील साझालाई अपेक्षाकृत मतका साथ संसदमा उपस्थित सुनिश्चित हुने अनुमान गर्न थालिएको छ।

यस्तै क्षेत्र नम्बर ४ मा सुबुना बस्नेतले ५ सय ७६ मत ल्याएकी छिन् भने क्षेत्र नम्बर ५ मा उज्ज्वल थापाले १ सय ८३ मत ल्याएका छन्।
यता क्षेत्र नम्बर ६ मा रमेश चिलवालले २ सय ८५ मत पाएका छन्। क्षेत्र नम्बर ७ अनुपा श्रेष्ठले ११ सय ४२ मत ल्याएकी छन्। क्षेत्र नम्बर ८ मा पुकार बमले २ हजार ५ सय ७९ ल्याएका छन्। उता क्षेत्र नम्बर ९ मा मिलन शर्माले २ हजार ५ सय ४८ ल्याएका  छन्। क्षेत्र नम्बर १० मा प्रदिप ढकालले २ हजार ८९ मत ल्याएका छन्।

मंसिर २२, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्