रवीन्द्र मिश्र ८१९ मतले पराजित

कांग्रेसको पहिलो खाता खोलेपछि प्रमाणपत्र लिँदै प्रकाशमान सिंह।

विवेकशील साझा पार्टीका संयोजकका रुपमा लोकप्रियता कमाएका रवीन्द्र मिश्रले बहुचर्चित काठमाडौँ १ निर्वाचन क्षेत्रमा ८१९ मतको झिनो अन्तरले पराजय व्यहोर्नुपरेको छ। उनलाई कांग्रेस नेता प्रकाशमान सिंहले हराएका हुन्।

सिंहभन्दा अगाडि पछाडि हुँदै अघि बढिरहेका मिश्रले मतगणनाको अन्त्यमा १० हजार १ साय १८ मत प्राप्त गरेका छन्। उता सिंहले १० हजार ९ सय ३७ मत हासिल गरेका छन्।

माओवादी केन्द्रका अनिल शर्माले ५ हजार ३ सय ३५ मत प्राप्त गरेका छन्।

 

मंसिर २३, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्