गगन थापाले राजनलाई हराए

काठमाडौं क्षेत्र नं. ४ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएपछि समर्थकहरुसँग खुसियाली मनाउँदै युवा नेता गगन गाथा। तस्बिर: दीपा दाहाल/देश सञ्चार
काठमाडौँँ- काठमाडौँँको क्षेत्र नम्बर ४ मा कांग्रेसका लोकप्रिय नेता गगन थापाले एमाले नेता राजन भट्टराईलाई ३४११ मतान्तरले पराजित गरेका छन्।
देशसञ्चार संवाददाता दीपा दाहालका अनुसार थापाले २१ हजार ५ सय ५१ मत पाउँदा भट्टराईले १८ हजार १ सय ४० प्राप्त गरेका छन्। कांग्रेसले अहिलेसम्म काठमाडौँ १ र ४ मा विजय हासिल गरेको हो।