वाम लहरले गगनलाई हल्लाउन सकेन

काठमाडौं क्षेत्र नं. ४ बाट प्रतिनिधि सभा सदस्‍यमा निर्वाचित भएपछि निर्वाचन आयोगको प्रमाण पत्र देखाउँदै समर्थकहरुसँग युवा नेता गगन गाथा। तस्बिर: दीपा दाहाल/देश सञ्‍चार

काठमाडौँ- काठमाडौं क्षेत्र नम्बर ४ बाट नेपाली कांग्रेसका युवा नेता गगन थापा विजयी भएका छन्। वाम गठबन्धका पक्षमा देशैभर उर्लेको लहरले आच्छुआच्छु पारे पनि काठमाडौं ४ बाटै गगनको दोस्रो पटकको विजयलाई रोक्न भने सकेन।

 थापा २१ हजार ५ सय ५८ मत प्राप्त गरी विजयी बने भने उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार राजन भट्टराईले १८ हजार १ सय ४० मत ल्याएका छन्।
गगनको वर्चस्व रहेको ठानिएको क्षेत्रमा भट्टराईले कडा टक्कर दिएका छन्।
२०६४ को संविधान सभामा समानुपातिक सांसद् बनेका गगन २०७० सालको निर्वाचनमा प्रत्यक्षबाट निर्वाचित भएका थिए।

 

मंसिर २३, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्