मोरङ ३ पनि एमालेकै
मोरङ ३ मा नेकपा एमालेका भानुभक्त ढकाल विजयी भएका छन्। नेपाली कांग्रेसका उम्मेदवार सुनिल शर्मालाई पराजित गर्दै ढकालले चुनाव जितेका हुन्।
ढकालले ४२ हजार ४ सय १३ र शर्माले ४० हजार ४ सय १३ भोट पाएका छन्।
ढकालको विजयले कोइराला परिवारको राजनीतिक थलो ठानिएको मोरङमा पनि वाम गठबन्धनको पक्षमा लहर उर्लेको देखाएको छ।
मोरङ-३ बाट निर्वाचित ढकाल एमालेको केन्द्रीय नेता भए पनि विराटनगरका स्थानीय हैनन्।
एमाले संसदीय पूर्व प्रमुख सचेतक ढकाल अनेरास्ववियू हुँदै एमाले राजनीतिमा आएका हुन्। शर्मा भने मेडिकल कलेज सञ्चालक र व्यवसायी हुन्।