नवलपुरमा शशांक दोब्बर मतले अगाडि

नवलपुर- देशैभर वाम गठबन्धनले विजय र अग्रता हासिल गरिरहँदा नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले भने झण्डै दोब्बर मतले अग्रता लिइरहेछन्।

प्रदेश नं. ४को नवलपरासी (वर्दघाट सुस्ता पूर्व) क्षेत्र नं. १ मा उनी ६ हजार ७ सय ५८ मतका साथ दुई हजार ९ सय ९५ मतले अगाडि छन् ।

उनका निकटतम प्रतिद्वन्द्वि नेकपा (माओवादी केन्द्र)का भविसोर पराजुलीले ३ हजार ७ सय ६३ मतले पछ्याइरहेछन् ।

सोही जिल्लाको क्षेत्र नं. २ मा पनि नेपाली काँग्रेस नै अगाडि छ।

क्षेत्र नं. २ मा नेपाली काँग्रेसका विष्णु कार्कीले ३ हजार ९ सय ९४ मतका साथ अग्रता लिईरहेछन् भने उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का तिल बहादुर महत क्षेत्रीले ३ हजार ५ सय ३ मतका साथ पछ्याइरहेछन् ।

मंसिर २३, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्