फोटो फिचर
काठमाडौं- काठमाडौं क्षेत्र नम्बर ४ बाट नेपाली कांग्रेसका युवा नेता गगन थापा विजयी भएपछि विजय र्याली निकालिएको छ। मतगणनास्थल राष्ट्रिय सभागृहबाट नेता थापाको जीतमा कांग्रेसका कार्यकर्ता र शुभचिन्तकले र्याली निकालेका हुन्।
यसअघि निर्वाचित थापालाई निर्वाचन आयोगका कर्मचारीले विजयी भएको प्रमाण पत्र प्रदान गरेका थिए। यस्तै जितपछि प्रतिद्वन्द्वी एमालेका राजन भट्टराईले बधाई दिएका थिए। थापाले भट्टराईलाई ३ हजार ४ सय ११ मतान्तरले हराएका थिए।
यसअघि पनि थापा २०६४ को संविधान सभामा समानुपातिक सांसद् बनेका गगन २०७० सालको निर्वाचनमा यही क्षेत्रबाट प्रत्यक्ष उम्मेदवारको रुपमा निर्वाचित भएका थिए।
तस्बिरहरु: दीपा दाहाल