सर्वेन्द्रनाथ शुक्ला पछाडि पर्दै

भैरहवा- आफ्नो बलियो पकड मानिएको निर्वाचन क्षेत्रमा राष्टिय जनता पार्टी नेपालका नेता सर्वेन्द्र नाथ शुक्ला पछि पर्दै गएका छन्।

रूपन्देही क्षेत्र नं. ४ को प्रतिनिधि सभा तर्फका नेपाली काँग्रेसका उम्मेदवार प्रमोद कुमार यादवले चार हजार दुई सय ९६ मतले शुक्लालाई पछि पारेका छन्।

यादवले अहिलेसम्म १० हजार ६ सय ७८ मत ल्याएका छन् भने शुक्लाले ६ हजार तीन सय ८२ मत ल्याएका छन् । वाम गठबन्धनका तर्फबाट नेकपा (एमाले)का उम्मेदवार ओमप्रकाश यादवले दुई हजार ६ सय १६ मतले पछ्याइरहेछन्।

सो निर्वाचन क्षेत्रमा प्रदेश सभा तर्फ पनि काँग्रेसले नै अग्रता लिएको छ। प्रदेश सभा तर्फ निर्वाचन क्षेत्र नं. ४ (क) मा नेपाली काँग्रेसका अष्टभुजा पाठकले तीन हजार दुई सय २७ मतका साथ अग्रता लिइरहेछन्।

उनलाई संघीय समाजवादी फोरमका कन्हैया बनियाले दुई हजार चार सय ७७ मतले पछ्याइरहेछन्। त्यस्तै ४ (ख)मा काँग्रेसकै वसी उद्दीन खाँले तीन हजार आठ सय २८ मतले अग्रता लिएका छन् भने स्वतन्त्र उम्मेदवार विरेन्द्र कलवारले एक हजार आठ सय ९९ मतले उनलाई पछ्याइरहेछन् ।

मंसिर २३, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्