काठमाडौंमा कांग्रेसलाई अर्को राहत

फाइल तस्बिर।
काठमाडौं- काठमाडौंमा प्रतिनिधि सभातर्फ नेपाली कांग्रेसले तेस्रो सीट जितेको छ। काठमाडौं १० नम्बर क्षेत्रमा कांग्रेसका राजन केसीले विजयी भएका हुन्।
उनले २४ हजार एक सय ९० मत प्राप्त गरे । उनका निकटतम प्रतिद्धन्द्धी बाम गठबन्धनका साझा उमेद्धवार हितमान शाक्यले २१ हजार नौ सय सात मत प्राप्त गरे।
यसअघि काठमाडौं क्षेत्र नम्बर १ बाट कांग्रेसका प्रकाशमान श्रेष्ठ र चारबाट गगन थापा विजयी भएका थिए।
प्रतिनिधी सभा तथा प्रदेश सभाको जारी मत गणनामा कांग्रेसका केवल चार जना उमेद्धवार प्रतिनिधि सभामा विजयी भएका छन् ।