फोटो फिचर
ललितपुर- ललितपुर क्षेत्र नम्बर ३ बाट माओवादी केन्द्रकी पम्फा भुसाल र क्षेत्र नम्बर २ बाट कृष्णलाल महर्जन विजयी भएपछि खुसीयालीमा र्याली निकालिएको छ। र्यालीमा भुसाल र श्रेष्ठका समर्थक, शुभचिन्तक र कार्यकर्ताहरुल नाचगान, झाँकीसहित सहर परिक्रमा गरेका थिए।
माओवादी प्रवक्ता समेत रहेकी पम्फाले २४ हजार ३६ मत ल्याउँदा कांग्रेसका मदन अमात्य २२ हजार ३ सय २९ मत ल्याए। यस्तै एमालेका तर्फबाट कृष्णलाल महर्जनले १८ हजार ४ सय ४१ मत ल्याउँदा उनका प्रतिद्वन्द्वी कांग्रेसका चन्द्र महर्जनले ११ हजार १ सय ६८ मतमा चित्त बुझाउनु पर्यो।
तस्बिरहरु: वर्षा शाह/देश सञ्चार