मोरङमा मीनेन्द्र जीतको नजिक
मोरङ क्षेत्र नम्बर २ को भर्खरै प्राप्त परिणामअनुसार नेपाली कांग्रेसका मीनेन्द्र रिजालले ३२ हजार ६ सय १ मत प्राप्त गरेर बामगठन्धनका ऋषिकेश पोखरेललाई धेरै पछि पारिदिएका छन्। उनी मोरङमा जित्ने एकमात्र कांग्रेस नेता बन्ने सम्भावना बलियो भएको छ। पोखरेलले ३०८९२ मत प्राप्त गरेका छन्।
त्यस्तै, क्षेत्र नम्बर ४ मा कांग्रेसका महेश आचार्य बाम गठबन्धनका अमनलाल मोदीभन्दा पछि परेका छन्। मोदीले २८ हजार १६२ प्राप्त गरेका छन् भने आचार्यले २३ हजार ६८९ मत प्राप्त गरेका छन्।
मोरङ क्षेत्र नम्बर ५ मा बाम गठबन्धनका शिवकुमार मण्डलले कांग्रेसका अमृत अर्याललाई पछि पारिदिएका छन्। अर्यालले १६ हजार १७५ मत प्राप्त गरेका छन् भने गठबन्धनका मण्डलले १८९८४ मत प्राप्त गरेका छन्। उक्त क्षेत्रमा संघीय समाजवादी फोरमका राजकुमार यादव १५ हजार ४८७ मतसाथ तृतीय स्थानमा छन्।