एमाले अध्यक्ष ओली १० हजारले मतले अगाडि
झापा क्षेत्र नम्बर ५ मा नेकपा एमाले अध्यक्ष केपी शर्मा आेलीले आफ्ना प्रतिद्वन्द्वी खगेन्द्र अधिकारीलाई करिब १० हजार मतले पछि पारिदिएका छन्।
प्राप्त पछिल्लो परिणामअनुसार अध्यक्ष अाेलीले १७ हजार ५४ मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी खगेन्द्र अधिकारीले ७७६३ मत प्राप्त गरेका छन्।