कांग्रेसका अर्का प्रभावशाली आचार्य पनि पराजित

मोरङ क्षेत्र नम्बर ४ मा बाम गठबन्धनका अमनलाल मोदीले कांग्रेसका प्रभावशाली नेता महेश आचार्यलाई पराजित गरिदिएका छन्।

प्राप्त पछिल्लो परिणामअनुसार गठबन्धनका मोदीले ३३ हजार ५ सय २९ मत प्राप्त गरेका छन् भने कांग्रेसका आचार्यले उनीभन्दा ७ हजार ७ सय २९ मत कम प्राप्त गरेका छन्। आचार्यले २६ हजार ८ सय मत प्राप्त गरेका छन्।

मंसिर २३, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्