कास्कीका तीनै क्षेत्रमा बाम गठबन्धन अगाडि

पोखरा- कास्कीको प्रदेश र प्रतिनिधि सभाको पछिल्लो नतिजा अनुसार बामगठबन्धन तीनै क्षेत्रमा अग्र स्थानमा छ।

क्षेत्र नं. १ प्रतिनिधिसभामा बामका खगराज अधिकारीले १५ हजार २७१ मत प्राप्त गरेका छन् भने कांग्रेसका यज्ञबहादुर थापाले ९ हजार ७९९ मत।

प्रदेश तर्फ (क) मा बामका दीपक कोइरालाको ९ हजार ९ सय ७० र कांग्रेसका जीवन परियारको ८ हजार ७६ मत छ। (ख) तर्फ बामका मनबहादुर गुरुङले ११ हजार ३ सय ६६ र कांग्रेसका कृष्ण केसी ८ हजार ५ सय ९७ मत प्राप्त गरेका छन्।

क्षेत्र नं २ प्रतिनिधिसभामा बामका रवीन्द्र अधिकारी १५ हजार ६ सय ४३ मतसहित अग्रस्थानमा छन् नेपाली कांग्रेसका देवराज चालिसेलाई १० हजार ७ सय ७७ मत प्राप्त गरेका छन्।

प्रदेश तर्फ (क) मा बामका कृष्ण थापाले ११ हजार २१ र कांग्रेसका गुरु बरालले ५ हजार ७ सय ३५ मत प्राप्त गरेका छन्। (ख) तर्फ बामका राजकाजी गुरुङले ८ हजार २ सय ६३ र कांग्रेसको विन्दु थापाले ९ हजार १ सय २६ मत प्राप्त गरेका छन्।

क्षेत्र नंं ३ को प्रतिनिधि सभामा बामका उम्मेदवार जगत विश्वकर्माले १५ हजार ९३ मतसहित अग्रस्थानमा छन् भने काँग्रेसका शुक्रराज शर्माको ११ हजार ७ सय ८७ मत छ।

प्रदेश सभा तर्फ (क) मा रामजीप्रसाद बरालको ५ हजार ३ सय ९७ र कांग्रेसका शारदा पौडेलको ४ हजार १ सय १९ मत छ भने (ख) मा बामका राजीब पहारीले ५ हजार २ सय ९२ मतसहित अग्रता लिएका छन्। कांग्रेसका भोजबहादुर गुरुङको ४ हजार ३५ मत छ।

मंसिर २३, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्