दाङमा बाम गठबन्धनले खाता खोल्यो

प्रदेशसभातर्फ दाङ क्षेत्र नं २ (क) मा वाम गठबन्धनतर्फका शंकर पोखरेले २० हजार ७२३ मत ल्याई विजयी भएपछि प्रमाण पत्र लिँदै । तस्बिर: दाङ
दाङ-जिल्लामा वाम गठवन्धनले खाता खोलेको छ । निर्वाचन क्षेत्र नम्बर २ (१) प्रदेशसभा सदस्यमा एमालेका नेता शंकर पोख्रेल विजयी भएका छन्।
निर्वाचन आयोगका अनुसार शंकर पोख्रेलले २० हजार ७ सय २३ मत ल्याएका छन्। यस्तै उनका प्रतिद्वन्द्वी कांग्रेसका कमल किशोर घिमिरेले ११ हजार १ सय ७२ मत ल्याएका छन्।