गिरिजाको प्रभावक्षेत्रमा कांग्रेसबाट मीनेन्द्रले जिते
मोरङको क्षेत्र नम्बर २ मा प्रतिनिधिसभातर्फ नेपाली कांग्रेसका उम्मेदवार डा. मीनेन्द्र रिजाल विजयी भएका छन्।
२०७० सालको संविधानसभा निर्वाचनमा कांग्रेसको समानुपातिकतर्फबाट सभासद् बनेका रिजालले संयुक्त बामगठबन्धनका उम्मेदवार ऋषिकेश पोखरेललाई १ हजार ८ सय ५ मतको अन्तरले पराजित गरेका हुन्।
जित हात पारेका रिजालले कुल ३५ हजार ८ सय १९ मत हासिल गरेका छन्। त्यसैगरी, एमालेका पूर्वसांसद पोखरेलले ३४ हजार १४ मत प्राप्त गरेका छन्। २०७० सालको संविधानसभा निर्वाचनमा पोखरेलले प्रत्यक्षतर्फबाट जित हात पारेका थिए। जित हात पारेका पूर्वसञ्चारमन्त्री रिजालले पहिलोपटक निर्वाचनमा प्रत्यक्षतर्फ उम्मेदवार हुँदै जित हात पारेका हुन्।