कैलालीमा आफ्नै पीएसँग पूर्वमन्त्री दोब्बर मतले पछाडि

धनगढी–कैलालीमा आफ्नै पिएसँग चुनाव लडेका पूर्वमन्त्री दोब्बर मतले पछाडि परेका छन्। क्षेत्र नम्बर २ मा एमाले परित्याग गरी कांग्रेसबाट चुनाव लडेका मोहनसिंह राठौर कुनै बेलाका आफ्ना पिए झपट रावलसँग दोब्बर मतले पछाडि परेका हुन्।

पछिल्लोपटक सार्वजनिक भएको मतपरिणाम अनुसार रावलले १ हजार ७३ मत पाएका छन् भने राठोरले ५ सय ४० मत पाएका छन। अहिलेसम्म १ हजार ७ सय ८९ मतगणना भएको छ।

मोहनसिंह राठौर २०६४ सालको संविधानसभामा एमालेबाट विजयी भएर शिक्षा राज्यमन्त्री बनेका बेला अहिलेको चुनावमा प्रतिस्पर्धी रहेका झपट रावल उनका पिए थिए। यसपटक एमालेबाट टिकट नपाएपछि रुष्ट भएका राठोर कांग्रेस प्रवेश गरेका थिए। ७० सालमा भएको निर्वाचनमा राठौर कैलालीमा एमालेबाट जित्ने एक मात्र नेता हुन्।

मंसिर २३, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्