हार स्विकार गर्दै बाबुरामलाई नारायणकाजीको बधाई

काठमाडौं- गोरखा क्षेत्र नम्बर २ का प्रतिनिधि सभामा बाम गठबन्धनतर्फबाट उम्मेदवारी दिएका नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले हार स्वीकार गरेका छन् । सामाजिक सञ्जाल ट्विटरमा उनले डा बाबुराम भट्टराईलाई बधाई दिँदै हार स्विकार गरेका हुन्।
उनले ट्विटरमा भनेका छन्, ‘गोरखा २ का आदरणाीय मतदाताको निर्णयलाई शिरोधार्य गर्दै विजयका निम्ति डा. बाबुराम भट्टराईलाई बधाई ।निर्बाचनमा मलाई समर्थन र सहयोग गर्नुहुने मतदाता,बाम-गठबन्धनका नेता-कार्यकर्ताहरु,आफन्तजन,शुभेच्छुकहरु सबै लाई आभार तथा धन्यवाद।’
गोर्खा २ का आदरणीय मतदाता को निर्णय लाई शिरोधार्य गर्दै बिजयका निम्ति डा•बाबुराम भट्टराई लाई हार्दिक बधाई ।निर्बाचनमा मलाई समर्थन र सहयोग गर्नुहुने मतदाता,बाम-गठबन्धनका नेता-कार्यकर्ताहरु,आफन्तजन,शुभेच्छुकहरु सबै लाई आभार तथा धन्यवाद।
— NKShresthaPrakash (@nksthaprakash) December 9, 2017
उनले आफ्नो निर्वाचन क्षेत्रको परिणाम जे जस्तो भएपछि देश जनता, सत्य र न्याय प्राप्तिका निष्ठामा अविचलित रहने बाचा गरेका छन् । साथै नेपाली जनता र गोर्खाका जनताको सेवामा समर्पित रहने उनले प्रतिवद्धता जनाएका छन्।
मेरो क्षेत्रको निर्वाचन परिणाम जे जस्तो भएपनि देश, जनता, सत्य र न्याय प्रतिको निष्ठामा अबिचलित रहि मानव मुक्ति र स्वतन्त्रताको यात्रामा निरन्तर सकृय रहनेछु।सम्पुर्ण नेपाली जनता र गोर्खाका जनताको सेवामा समर्पित रहनेछु।
— NKShresthaPrakash (@nksthaprakash) December 9, 2017