कास्की १ (२) बाट बामका गुरुङ विजयी

पोखरा- कास्की प्रदेश सभा कास्की १ (२) बाट बाम गठबन्धनका मनबहादुर गुरुङ विजयी भएका छन्। उनले नेपाली कांग्रेसका कृष्ण केसीलाई ४१४७ मतको अन्तरले पछि पार्दै विजय हात पारेका हुन्।

गुरुङले १७ हजार २ सय ५९ मत प्राप्त गरे भने केसीले १३ हजार १ सय १२ मत।यसअघि कास्की क्षेत्र नं. २ बाट प्रतिनिधिसभामा बाम गठबन्धनका रबिन्द्र अधिकारी विजयी भइसकेका छन्। कास्की क्षेत्र नं. १ र ३ को प्रतिनिधिसभाको मत गणना जारी छ। प्रदेश सभामा कास्की २(१) बाट बाम गठबन्धनका कृष्ण थापा र कास्की २ (२) बाट नेपाली कांग्रेसका बिन्दुकुमार थापा विजयी भइसकेका छन् भने अन्य प्रदेश सभामा बाम गठबन्धनका उम्मेदवार नै अग्रस्थानमा छन्।

मंसिर २३, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्