कास्की प्रदेश सभा १ (१) मा बाम

पोखरा- कास्की क्षेत्र नम्बर १ (१) मा बाम गठबन्धनका दिपक कोइराला विजयी भएका छन्। उनले नेपाली कांग्रेसका जीवन परियारलाई ३ हजार ६ सय ४६ मतले पछि पार्दै विजय हासिल गरेका हुन्।
कोइरालाले १८ हजार ७ सय २७ मत प्राप्त गरे भने परियारले १५ हजार ८१ मत। परियार पूर्वसभासद् हुन्। यसअघि कास्की क्षेत्र नं. २ बाट प्रतिनिधिसभामा बाम गठबन्धनका रबिन्द्र अधिकारी विजयी भइसकेका छन्। कास्की क्षेत्र नम्बर १ र ३ को प्रतिनिधिसभाको मत गणना जारी छ।
प्रतिनिधि सभामा दुबै क्षेत्रमा बाम गठबन्धनका उम्मेदवार फराकिलो अन्तरले अग्रस्थानमा छन्। त्यस्तै, प्रदेशसभामा कास्की १(२)बाट बाम गठबन्धनका मनबहादुर गुरुङ ,कास्की २(१) बाट बाम गठबन्धनका कृष्ण थापा र कास्की २ (२) बाट नेपाली कांग्रेसका बिन्दुकुमार थापा बिजयी भइसकेका छन् भने प्रदेशसभा कास्की ३(१) बाम गठबन्धनका रामजी बराल र कास्की ३(२) बाम गठबन्धनकै राजीव पहारीले अग्रता कायम राखेका छन्।
मंसिर २३, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्