विश्वप्रकाशलाई झन् झन् कठीन

विर्तामोड- झापा क्षेत्र नं‍. १ का लागि प्रतिनिधिसभा सदस्यका उम्मेदवार विश्वप्रकाश शर्मालाई बाम गठबन्धनका उम्मेदवार नेकपा माओवादी केन्द्रका नेता सुरेन्द्रकुमार कार्कीलाई उछिन्न निकै गाह्रो भइरहेको छ।

अहिले साँझसम्मको मत परिणाम अनुसार कार्कीले २१ हजार ६ सय ८४ मत प्राप्त गरेर अग्र स्थानमा छन्। शर्माले अहिलेसम्म २० हजार ५ सय २३ मत प्राप्त गरेका छन्। सुरुवातदेखि थोरै अग्रतामा रहेका कार्कीले अहिले आएर मतान्तर केही फरक बनाएका छन्। तथापि आज दिउँसो कार्की र शर्माबीच मतान्तर केही घटेको थियो। उक्त फरक मतान्तर पुनः बढेर गएको छ ।

मंसिर २३, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्