माधव नेपालको विजय र्‍याली

विजय र्‍यालीमा सहभागी हुँदै एमाले नेता माधवकुमार नेपाल। तस्बिर: देशसञ्चार।

काठमाडौँ- काठमाडौँ क्षेत्र नम्बर २ बाट जितेका नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालको समर्थनमा एमाले कार्यकर्ताहरुले शनिबार साँझ विजय र्‍याली निकालेका छन्।

उनले २७ हजार ३६६ मत प्राप्त गरी विजय हासिल गरेका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका दीपकप्रसाद कुइँकेलले १४ हजार ९ सय ३ मत प्राप्त गरेका छन्। काठमाडौँ क्षेत्र नम्बर २ मा विवेकशील साझाका सूर्यराज आचार्यले ७४७३ मत प्राप्त गरेका छन्। (सच्याइएको)

विजयी भएपछि प्रमाणपत्र ग्रहण गर्दै माधवकुमार नेपाल। तस्बिर: देशसञ्चार।

 

मंसिर २३, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्