निधिलाई महताेले हराए

धनुषा ३ मा विजयी भएपछि राजेन्द्र महताे। तस्बिर: देशसञ्चार।
जनकपुरधाम- नेपाली कांग्रेसका विमलेन्द्र निधिलाई राष्ट्रिय जनता पार्टीका राजेन्द्र महतोले पराजित गरिदिएका छन्।
धनुषा क्षेत्र नम्बर ३ बाट प्रतिष्पर्धी निधिलाई महताेले २ हजार ९ सय १४ मतले पराजित गरेका हुन्।
राजपा फोरम गठबन्धनबाट उम्मेदवार रहेका महतोले ३० हजार ७ सय ४२ मत ल्याएका थिए भने उनका निकटतम प्रतिद्वन्द्वी निधिले २७ हजार ८ सय ७८ मत प्राप्त गरेका छन् ।