बीपीपुत्र अघिअघि
नवलपरासी- देशैभर अधिकांश स्थानमा वाम मोर्चाले अग्रता लिइरहँदा विपीपुत्र डा. शशांक कोइरालाले भने चार हजार दुई सय ४१ मतले अग्रता लिइरहेछन् ।
प्रदेश नं. ४ नवलपरासी (वर्दघाट पूर्व) प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. १ मा उनले १८ हजार नौ सय ६२ मतले अग्रता लिइरहेछन् ।
उनका निकटम प्रतिद्वन्द्वि नेकपा (माओवादी केन्द्र)का भविसोर पराजुलीले १४ हजार सात सय २१ मतले पछ्याइरहेछन् । त्यस्तै प्रदेश सभा तर्फ पनि नेपाली काँग्रेसले नै अग्रता लिएको छ । प्रदेश सभा १(क)मा कृष्णचन्द्र नेपाली पोख्रेलले सात हजार चार सय ८१ मतले अग्रता लिइरहेछन् । उनलाई नेकपा (माओवादी केन्द्र)का सुर्य प्रसाद न्यौपानेले सात हजार ४३ मतले पछ्याइरहेछन् । प्रदेश सभा १ (ख)मा नेपाली काँग्रेसका महेन्द्र ध्व्ज जि.सि.ले आठ हजार पाँच सय ११ मतले अग्रता लिइरहेछन् । उनलाई नेकपा (एमाले)का रोशन बहादुर गाहा थापाले पछ्याइरहेछन् ।
नवलपरासी (पूर्व) निर्वाचन क्षेत्र २ मा पनि नेपाली काँग्रेसले नै अग्रता लिइरहेछ । नेपाली काँग्रेसका विष्णुकुमार कार्कीले १७ हजार ६ सय ३४ मतका साथ अग्रता लिइरहेछन् भने नेकपा (एमाले)का तिल बहादुर महत क्षेत्रीले १५ हजार नौ सय ९१ मतले पछ्याइरहेछन् । त्यस्तै प्रदेश सभा निर्वाचन क्षेत्र २(क)मा काँग्रेसका विष्णु प्रसाद लामिछानेले आठ हजार ३१ मतका साथ अग्रता लिइरहेछन् । उनलाई माओवादी केन्द्रका वाल कृष्ण गैरेले ६ हजार पाँच सय १० मतका साथ पछ्याइरहेछन् । २(ख)मा काँग्रेसका गणेशमान श्रेष्ठले १० हजार तीन सय मतका साथ अग्रता लिइरहेछन् भने एमालेका जनक लाल श्रेष्ठले नौ हजार दुई सय ५९ मतले पछ्याइरहेछन् ।