पूर्वसभामुख दमन भारी मतान्तरले पराजित
भक्तपुर क्षेत्र नं. २ प्रतिनिधिसभामा नेपाली कांग्रेसका दमननाथ ढुंगानालाई बाम गठबन्धनका महेश बस्नेतले करिब १८ हजार मतले पराजित गरेका छन्।
महेश बस्नेतले ३६ हजार ४ सय १२ मत प्राप्त गर्दा दमन १८६८५ मतमा सीमित हुनु परेको छ।
त्यसैगरी क्षेत्र नम्बर २ कै सूर्यविनायक प्रदेश (क) बामठबन्धनकै शशिजङ्ग थापा १९ हजार ५ सय १५ मत ल्याएर विजयी भएका छन् भने प्रदेश ख मा बाम गठबन्धनकै राजेन्द्रमान श्रेष्ठ १४२२९ मत ल्याई विजयी भएका छन्।