कास्की १ मा पूर्वस्वास्थ्यमन्त्री अधिकारी विजयी

पोखरा- कास्की क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभाका बाम गठबन्धनका उम्मेदवार खगराज अधिकारी भारी मतान्तरका साथ विजयी भएका छन्।
उनले कांग्रेसका उम्मेदवार यज्ञबहादुर थापालाई १३ हजार ४ सय १६ मतान्तरले हराएका हुन्। अधिकारीले ३९ हजार २ सय ४२ मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका यज्ञबहादुर थापाले २५ हजार ८ सय २६ मत प्राप्त गरेका छन्।
एमालेका खगराज अधिकारी पूर्व स्वास्थ्यमन्त्री हुन भने उनका प्रतिष्पर्धी थापा बहालवाला न्याय, कानुन तथा संघीय मामिलामन्त्री हुन्। कास्कीमा दुबैको चुनावी प्रतिष्पर्धालाई निकै चासोका साथ हेरिएको थियो।