कमल थापा पराजित
राप्रपा अध्यक्ष कमल थापा पराजित भएका छन्। मकवानपुर १ को प्रतिनिधिसभा सदस्यमा उनलाई बाम गठबन्धनका कृष्णप्रसाद दाहालले हराएका हुन्।
दाहालले ४० हजार ६३१ मत प्राप्त गरेका छन् भने राप्रपा अध्यक्ष तथा उर्जामन्त्री थापा ३४ हजार ६५८ मतमा खुम्चिनुपर्यो।