इलाम १ मा नेता खनाल विजयी

इलाम- इलाम क्षेत्र नं १ मा नेकपा (एमाले)का वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनाल ३६ हजार ८०७ मतसहित विजयी भएका छन्।
उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका भूपेन्द्र कट्टेलले १९ हजार ६३७ मत प्राप्त गरे । खनालले कट्टेललाई १७ हजार १७० मतले पछि पाएको हो । क्षेत्र नं १ मा ६४ हजार ५१२ मत खसेको थियो ।
प्रदेशसभा २ (ख) मा वाम गठबन्धनबाट नेकपा एमालेका काजीमान कागतेले १७ हजार ९८६ मत ल्याएर निर्वाचित भएको छ भने उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका दुर्गा बरालले १० हजार २१ मत प्राप्त गरेका छन्।