उपप्रधानमन्त्री महरा दांङ २ बाट निर्वाचित

दाङ-वहालवाला उपप्रधानमन्त्री कृष्ण बहादुर महरा दांङ क्षेत्र २ नम्बरबाट विजयी भएका छन्।
बाम गठबन्धनका साझा उम्मेदवार रहेका महराले नेपाली काँग्रेसका राजु खनाललाई पराजित गरेका हुन्।
सुरुवात देखि नै अग्रता लिएका महरा १४ हजार १ सय ४५ मतान्तरले विजयी भएका हुन्।
महराले ४० हजार ४२ मत प्राप्त गर्दा खनालले २५ हजार ८ सय ९७ मत प्राप्त गरेका थिए।